कौस्तुभ र करियर फाइनलमा
बिहिबार, २६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । कौस्तुभ एकेडेमी र करियर चौधौं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पेप्सीकोला टाउन प्लानिङको मैदानमा कौस्तुभले कस्मिकलाई २–० गोलले पराजित गर्यो । कौस्तुभका विलोभ तामाङ र रविन बमले गोल गरे ।
अर्को सेमिफाइनलमा करियरले गेटवेलाई २–० गोलले नै हरायो । करियरका साहिल बस्नेत र सम्योग गुरुङले गोल गरे ।
गत संस्करणमा पनि कौस्तुभ र करियर नै उपाधिका लागि भिडेका थिए । त्यसमा करियर पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।





-1786022688387.jpeg&w=3840&q=75)




-1787446454488.webp&w=3840&q=75)

-1787414009919.jpeg&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)


