काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।
सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए । यस स्पर्धामा श्रीलंका र बंगालादेशले कास्य जित्यो ।
यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
महिला ६४ केजीमा नेपालकी पुनम रावलले रजत जितिन् । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य जित्यो ।
पुरुष ५२ केजीमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । नेपालका तेज बहादुर देउवाले र श्रीलंकाले कास्य हात पार्यो ।
पुरुष ६९ केजीमा नेपालका विकास लामाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले रजत तथा बंगलादेशले कास्य जिते ।
पुरुष हेबीवेट ८१ केजी माथि नेपालका गणेश प्रधानले रजत जिते । फाइनलमा गणेश श्रीलंकासँग पराजित भए । भारतका सचिनले कास्य जिते ।
पुरुष हेभीवेट ९१ केजी माथि नेपालका आशिस दुवाडीले रजत जिते । फाइनलमा आशिस भारतका नरेन्द्ररसँग पराजित भए । श्रीलंकाका बुवानेकाले कास्य जिते ।
महिला ५७ केजीमा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो । नेपालकी चन्द्र कला थापाले र पाकिस्तानले कास्य हात पार्यो ।