काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी माला राईले रजत पदक जितेकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार महिला ५१ केजी तौल समूहको फाइनलमा भारतकी पिंकी रानीसँग पराजित हुँदा मालाले रजत पाएकी हुन् ।
यस स्पर्धामा बंगलादेश र पाकिस्तानी खेलाडीले कास्य जितिन् ।