बक्सिङ : नेपालका भुपेन्द्रलाई स्वर्ण
सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जितेका हुन् । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।
योसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ ।
यस्तै महिला ६० केजी तौल समूहमा नेपालकी संगीता सुनारले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।
पुरुष ९१ केजी हेबीवेटतर्फ नेपालका अर्जुन सिगुले कास्य जिते । भारतका गौरव चौहानले स्वर्ण र पाकिस्तानका सन्नाउल्लाहले रजत जिते ।
पुरुष ५६ केजीमा नेपालका पुरन राईले कास्य जिते । भारतले स्वर्ण, बंगलादेशले रजत र अर्को कास्य पाकिस्तानले जितेको छ ।








-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


