काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।
महिला ४८ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।
योसँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ ।
यस्तै महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भईन् ।
यस स्पर्धामा भुटान र पाकिस्तानले रजत जित्यो ।
पुरुष ४९ केजीमा नेपालका सुशील थापाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र भुटानले रजत जितेको छ ।