काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा र संगीता सुनार स्वर्ण नजिक पुगेका छन् ।
सातदोबाटोस्थित कराते हलमा शनिबार नेपालका भुपेन्द्रले पुरुष ६४ केजी तौल समूहमा बंगलादेशका अल मिन मोहमदलाई हराउँदै भुपेन्द्र स्वर्ण नजिक पुगेका हुन् ।
यस्तै महिला ६० केजी तौल समूहमा नेपालकी संगीता सुनारले श्रीलंकाकी कस्तुरी हान्सिकालाई हराएर फाइनल यात्रा तय गरिन् ।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जनले श्रीलंकाकी नदीका रंगासिंगेलाई हराएर हराएर स्वर्ण नजिक पुगिन् । महिला ५४ केजीमा मिनु गुरुङले बंगलादेशकी इस्लाम ओनिताको चुनौती समाप्त गर्दै फाइनलमा पुगिन् ।
पुरुष हेविवेट ९१ केजीको सेमिफाइनलमा नेपालका अर्जुन सिंगु भारतका गौरव चौहानसँग पराजित भए ।
पुरुषकै ५६ केजीमा नेपालका पुरन राई बंगलादेशका खेलाडीसँग पराजित भए । पुरुष ४९ केजीमा शुशील थापा मगर भारतका खेलाडीसँग पराजित भए ।
सेमिफाइनलमा पराजित तीनै खेलाडीले कास्य पक्का गरे ।
यस्तै महिला ६४ केजीमा पूनम रावल र पुरुषको ९१ केजीमा आशिष दुवादी बाई पाएर फाइनल पुगेका छन् ।