काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कुस्तीमा भारतले चार स्वर्ण हात पारेको छ ।
जनकपुरधाममा शुक्रबार विभिन्न चार तौल समूहमा भारतले चार स्वर्ण जितेको हो । नेपालले एक रजत र तीन कास्य पदक जितेको छ ।
महिलातर्फ ५० किलोमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितिन् । यसैगरी श्रीलंकाकी निरोसानीले रजत र नेपालकी मनिषा सिंहले कास्य पदक जितेकी छिन् । त्यस्तै दोश्रो खेलमा महिलातर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी शिवांगी दुवेले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।
त्यस्तै पुरुषतर्फ ५७ किलोमा भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेशप्रसाद यादवले कास्य पदक हात पारेका छन् ।
त्यस्तै पुरुषतर्फ ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् ।