काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा दुई स्वर्ण पदक विजेता मण्डे काजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
समाजसेवी तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष, नेपाल युथ ग्रुपका अध्यक्ष तथा थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठ (बोस) ले शुक्रबार मण्डेलाई ५० हजार नगदले सम्मानित गरेका हुन् ।
आठौं सागका स्वर्ण पदक विजेता तथा करातेका म्यानेजर रबि महर्जन, आठौ सागका कास्य पदक बिजेता मुकुन्द्र महर्जनको उपस्थितिमा श्रेष्ठले मण्डेलाई ५० हजारको चेक प्रदान गरे ।
मण्डेले १३ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । उनले कातामा स्वर्ण जितेका थिए । यस्तै मण्डेले टिम कातामा समेत स्वर्ण जितेका थिए ।