काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
गेरुगीको पुरुष ८७ केजी मुनि भुपेनले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् । भुपेनले भारतका अक्षय होडालाई २९-२६ ले पराजित गरे ।
योसँगै नेपालले १३ औं सागमा तेक्वान्दोबाट १२ स्वर्ण जितेको छ ।
बंगलादेशका रशेल खान र श्रीलंकाका चाराम थारिन्दुले कास्य जिते ।
पुरुष ८० केजी मुनि नेपालका किरण बहादुर आलेले रजत जिते । पाकिस्तानका नवाजले स्वर्ण जित्दा भारत र श्रीलंकाले कास्य हात पार्यो ।
पुरुष ५८ केजीमा पाकिस्तानले स्वर्ण, भारतले रजत र नेपालका गोविन्द बहादुर आलेले कास्य जिते ।
महिला ४९ केजी मुनि नेपालकी युनिषा राई र पाकिस्तानकी नुरले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।
महिला ६७ केजी मुनी नेपालकी अप्सरा कार्कीले रजत जितिन् । भारतकी रुचिकाले स्वर्ण जित्दा भुटान र बंगलादेशले कास्य जितेको छ ।
महिला ७३ केजी मुनि नेपालकी मनिता शाहीले रजत जितिन् । मनिता फाइनलमा भारतकी मारियासँग पराजित भईन् । यस स्पर्धामा श्रीलंका र भुटानले कास्य जित्यो ।