करातेमा नेपालकी अनुपमालाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् ।
महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् ।
अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६-३ ले हराईन् । पाकिस्तानी खेलाडी एसियन गेम्समा कास्यधारी खेलाडी हुन् ।
यस स्पर्धामा श्रीलंका र बंगलादेशले कास्य जित्यो ।
करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । यस स्पर्धामा बंगलादेशले पनि कास्य जित्यो ।
पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत हात पारे ।
महिला टिम मुकुतेमा नेपालले कास्य जितेको छ । नेपाली टिममा सानी तामाङ, एस्टर राई, रिता कार्की र सुस्मिता तामाङ रहेकी थिइन् ।
यस स्पर्धामा पाकिस्तानले स्वर्ण जित्दा बंगलादेशले रजत जितेको छ । नेपालसँगै श्रीलंकाले कास्य जित्यो ।
पुरुष कुमुतेमा पाकिस्तानले स्वर्ण, श्रीलंकाले रजत तथा नेपाल र बंगलादेशले कास्य जितेको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


