फाइनलमा नेपाल भारतसँग पराजित
मंगलबार, मंसिर १७, २०७६गिता राई

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।
स्वर्णको लागि मंगलबार भएको फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो ।
नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।
चौंथो तथा अन्तिम सेट भारतले २५-२० ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए ।
त्यसपछि खेलको अन्तिम सेट १५-६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो ।
महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
