काठमाडौं । भारतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै भारतले स्वर्ण जितेको हो ।
पहिलाे सेट पाकिस्तानले जितेपनि भारतले खेलमा पुनरागमन जनाएकाे थियाे ।
पाकिस्तानले पहिलाे सेट २०-२५ ले जितेकाे थियाे ।
त्यसपछि भारतले लगातार तीन सेट जित्याे ।
भारतले २५-१५, २५-१७ र २९-२७ काे सेटमा जित निकालेकाे हाे ।
नेपाल भने समूह चरणबाटै बाहिरिएकाे थियाे ।
नेपालले महिला भलिबलकाे फाइनलमा भारतविरुद्द खेल्दैछ ।