महिला भलिबल : श्रीलंकालाई कास्य
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।
श्रीलंकाले माल्दिभ्समाथि २५-१३, २५-१८ र २५-८ को जित निकाल्यो ।
महिला भलिबलतर्फ स्वर्णका लागि मंगलबार नेपाल र भारतले खेल्नेछन् ।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
