पुरुष भलिबल : श्रीलंकालाई कास्य
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलतर्फ कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।
कास्य जित्ने क्रममा श्रीलंकाले बंगलादेशलाई २३-२५,२५-२०,२५-१६ र २५-२१ ले पाखा लगायो ।
हारसँगै बंगलादेश चौंथो भएको छ ।
पुरुषको फाइनलमा पाकिस्तानले भारतसँग मंगलबार खेल्नेछ ।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
