काठमाडौं । करातेका स्वर्णधारी मण्डेकाजी श्रेष्ठले आफुले जितेको दुई स्वर्ण आफ्नो छोरिलाई समर्पण गरेका छन् ।
घरेलु भूमिका जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको टिम र एकल कातामा स्वर्ण जितेपछि मण्डेले स्वर्ण छोरिलाई समर्पित गरेको बताए ।
'म निकै हर्षित छु । यो इतिहास हो । २० वर्षपछि स्वर्ण आएको छ । ११ औं साग केहि कारणले खेल्न पाइन् । १२ औं मा सहभागी भईएन,' मण्डेले भने, 'छोरि, घर परिवार, क्लब पुलिस क्लबप्रति समर्पित गर्न चाहन्छु ।'
मण्डेले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि यो सबैभन्दा ठुलो खुसीको क्षण भएको बताए ।
यस्तै मण्डेले आफुले स्वर्ण जित्ने नै तयारी गरेको कारण सफलता मिलेको र घरेलु भूमिको फाइदा भएको समेत बताए ।
'विशेषगरि स्वर्ण जित्छु भनेर तयार गरेको थिए । भारतभन्दा हामी कमजोर छैनौँ । भारत भएपनी जित्न सक्छौ । हामीलाई पाकिस्तानको मुख्य चुनौती हो । होम मैदानको फाइदा भयो,' मण्डेले भने ।
मण्डेले आफुले सन्यासबारे तत्काल नसोचेको बताए ।