काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जितेको हो ।
योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ । उनले एकल कातामा समेत स्वर्ण जितेका थिए ।
नेपाली टिमले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो । यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो ।