करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।
नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेकी छिन् ।
समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







