काठमाडौं । नेपालका मण्डेकाजी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएका छन् ।
सातदोबाटोस्थित कराते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन् ।
मण्डेले पाकिस्तानका निएमातुल्हालाई पराजित गरे । मण्डेले २५.७२ अंक जोडे । पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडे ।