नेपाललाई पहिलो पदक, चन्चलाले जितिन् रजत
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।
योसँगै घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भईन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन ।
स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् ।
यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







