करातेकी चन्चला फाइनलमा
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी चन्चला दनुवार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ फाइनल प्रवेश गरेकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा चन्चलाले २४.०२ अंक प्राप्त गरिन् । योसँगै चन्चलाले रजत पदक पक्का गरेकी छिन् ।
अब चन्चलाले स्वर्णका लागि पाकिस्तानकी साइदासँग खेल्ने छिन् ।
बंगलादेशले अंकको आधारमा कास्य जितेको छ । अर्को कास्यको लागि भुटान र श्रीलंकाबीच खेल हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







