काठमाडौं । पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै पाकिस्तान स्वर्ण नजिक पुगेको हो ।
फाइनल पुग्ने क्रममा पाकिस्तानले बंगलादेशलाई २५-१५,२५-२१ र २६-२४ ले पाखा लगायो ।
अब पाकिस्तानले स्वर्णका लागि भारतसँग मंगलबार खेल्नेछ ।
भारत श्रीलंकालाई पराजित गर्दै यस अघि नै फाइनल पुगिसकेको छ ।