काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको सहभागिता पक्का भएको छ ।
आन्तरिक विवादका कारण सुरुमा नाम दर्ता नगरेको भारतले अन्तिम समयमा सहभागिता जनाउने पक्का भएको हो ।
नाम दर्ताको समय सकिएपनि भारतले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मार्फत सहभागिताको लागि दबाब दिएको थियो ।
जस अन्तर्गत नेपाल ओलम्पिक कमिटिले बुधबार छलफल गर्दै भारतलाई सहभागिता गराउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
भारतले तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने भएसँगै नेपालको पदक संख्या घट्ने पक्का भएको छ । तेक्वान्दोमा भारत बलियो मानिन्छ । २९ स्वर्णका लागि प्रतिस्पर्धा हुने तेक्वान्दोबाट नेपालले धेरै पदकको आशा गरेको छ ।
यस्तै स्रोतले कराते खेल समावेश गराउन समेत भारतले दबाब दिईरहेको जनाएको छ । यस बिषयमा भने छलफल भईरहेको बताईएको छ ।
अन्तरिक विवादको कारण भारतमा भएको १२ औं सागमा कराते समावेश गरिएको थिएन ।