३६ रेफ्रीलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध
बिहिबार, ०५ मंसिर २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्राजिलको रियो ओलम्पिकमा रहेका बक्सिङका ३६ रेफ्री र निर्णायकहरुलाई जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा प्रतिबन्ध लागेको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०१६ को ओलम्पिकमा रहेका ३६ जनालाई २०२० मा हुने टोकियो ओलम्पिकमा सहभागिता नगराउने जनाएको छ ।
रियो ओलम्पिकमा शंकास्पद निर्णय गरेको कारण ३६ रेफ्री र निर्णायकलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध लगाईएको हो ।
टोकियो ओलम्पिकमा अन्तराष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।








-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


