बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग विशेष : मधेशले थेगेको कुस्ती

मंगलबार, ०३ मंसिर २०७६गिता राई
साग विशेष : मधेशले थेगेको कुस्ती
Loading ad...
mustang rice ad

काठमाडौं । परापूर्वकालमा रामायण तथा वेदमा राजा, महाराजाले कुस्तीलाई बल नाप्ने आधार मानेका थिए । सोही पौराणिक आधारले विश्व खेलकुदमा अब व्यवसायीक रुप लिएको छ ।

नेपालमा भने विशेष गरी पुर्वी तराईका जिल्लामा कुस्ती प्रख्यात छ । सोही कारण तराईका खेलाडीको कुस्तीमा दबदबा छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई तराई मधेश जोड्ने उदेश्यले नेपालले कुस्तीको खेल जनकपुरमा राखेको छ ।

मधेशको केन्द्रमा रहेको जनकपुरले एक पटक दक्षिण एसियाकै ठुलो खेल मेलामा आफ्नो हिस्सेदारी कुस्तीमार्फत प्रस्तुत गर्नेछ ।

एक हिसाबले तराई मधेशले कुस्तीको खेललाई थेगेको छ, बचाएको छ । कुस्तीमार्फत मधेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदमा आफ्नो परिचय दिईरहेको छ ।

दक्षिण एसियामा कुस्तीको इतिहासलाई हेर्दा नेपालबाट नै सुरु भएको मानिन्छ । तर, नतिजाका हिसाबले कुस्तीबाट नेपालको प्रर्दशन बिर्सनलायक छ ।

ईतिहास :

दोस्रो सागबाट कुस्ती खेललाई समावेश गरिएपनि नेपालले तेस्रो संस्करणबाट मात्र सहभागीता जनाएको हो । तर, पहिलो सहभागीतामै नेपाल पदक विहिन रह्यो ।

कुस्तीमा नेपालका यादव जातीका खेलाडी बढी प्रभावशाली देखिन्छ । अहिले हेर्दा पनि कुस्तीमा यादवनै बढी छन् ।

चौंथाें, सातौं र ११ औं सागमा कुस्तीबाट ३ रजत देशले भित्राएको छ । अरु सबै कास्य पदक छन् । कुस्तीले अहिलेसम्म सागमा ३ रजत र ९ कास्य पदक जितेको छ ।

१२ औं सागबाट नेपालले महिला कुस्तीमा पनि सहभागिता जनाएको थियो । तर, स्पर्धामा नेपाल पदक विहिन बनेको थियो ।

तयारी :

सागलाई लक्षित गरी कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा साउनबाट सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कुस्ती संघको समन्वयमा खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

कुस्ती सधै राज्यको नजरमा पर्न नसकेको खेल हो । कुस्तीका खेलाडीले अहिलेसम्म वैदेशिक प्रशिक्षण, मैत्रीपूर्ण खेल र अन्तराष्ट्रिय अनुभव बटुल्न पाएका छैनन् ।
वैदेशिक प्रशिक्षक र अन्तराष्ट्रिय अनुभव लिन नपाएको कुस्तीका खेलाडीले दक्षिण एसियाली देशका प्रतिद्वन्दीलाई हराउने लक्ष्य राखेका छन् ।

बलियो पक्ष :

घरेलु मैदानमा प्रतियोगिता हुँदा खेलाडीलाई केही सहजता हुनेछ । नेपालको मुख्य प्रतिस्पर्धी भारत यस खेलमा सहभागी नहुने भएकाले नेपालको पदक सम्भावना अधिक देखिन्छ ।

चुनौती :
नेपालको मुख्य प्रतिस्पर्धी भारत सहभागी नभएपनि पाकिस्तानले कुस्तीमा प्रतिस्पर्धा गर्नेछ । त्यही नेपाली खेलाडीका लागि चुनौती बन्नेछ ।

पदकको सम्भावना :

अहिलेसम्म कुस्ती सागमा स्वर्ण विहिन छ । घरेलु भुमीमा हुन लागेको सागमा कुस्तीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

भारतीय खेलाडी सागमा सहभागी नहुँदा नेपाली खेलाडीले केही मौका पाएका छन् । पछिल्लो चार महिनाको प्रशिक्षणले कुस्तीले पदकको सम्भावना देखाएको छ ।

साग खेल्ने कुस्ती टिम :

पुरुष - नरेश  यादव, सरोज यादव, सुरेश चुनारा, बन्नी लाल राउत, अहिर राज यादव, सुमिर कुमार शाह, सागर कुमार यादव

महिला - मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, अम्बिका भण्डारी, कोमल खत्री, निर्मला जागरी

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज