ज्ञान कार्निभल बिहिबारबाट
बुधबार, कार्तिक २७, २०७६खेलपाटी संवाददाता

काठमाडौं। ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
कार्निभलमा बास्केटबल, फुटबल र नेटबलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिमको सहभागिता रहने छ । प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिने छन् । नेटबल पहिलो पटक समावेश गरिएको हो । खेलहरु बुङमतीको खोकनास्थित आयोजककै हातामा हुने छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)