ग्रान्डस्लाम बक्सिङमा प्रदीपलाई स्वर्ण
शनिबार, २३ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । चीनमा आयोजना भएको डाइन्यास्टि प्रोपर्टी ग्रान्डस्लाम एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालका प्रदीप महर्जनले स्वर्ण पदक जितेका छन् ।
पुरुष ४९ केजीको फाइनलमा चीनका खेलाडीलाई पराजित गर्दै प्रदीपले स्वर्ण जितेको नेपाल बक्सिङ संघले जनाएको छ ।
प्रतियोगितामा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
जसमा प्रदीपसँगै चन्द्रबहादुर थापा मगर, पुरन सुनुवार, विमल रोका र मनीष डंगोलले प्रतिस्पर्धा गरेका थिए ।








-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


