काठमाडौं । बंगलादेशमा आयोजना हुने बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा नेपालको सहभागीता हुने भएको छ ।
ढाकामा आयोजना हुने प्रतियोगितामा अगष्ट २ देखि ५ तारिखसम्म हुनेछ । जसका लागि १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेश जाने छन् ।
नेपाली टोलीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् ।
प्रमुख प्रशिक्षकमा विनोद बुढाथोकी, सहायक प्रशिक्षकमा राजकुमार तामाङ, व्यवस्थापकमा रोहित डंगोल तथा अफिसियलमा लुम्बिनी एकेडेमीका प्रबन्ध निर्देशक एवं प्रिन्सिपल रविनचन्द्र कोइराला र निर्देशक युवराज मैनाली रहेका छन् ।
नेपाली टोलीलाई ईपी एजुकेसनल कन्सल्टेन्सीले पोशाक प्रायोजन गरेको छ ।