काठमाडौं । भारतमा आयोजना हुने एमेच्याेचर के-१ कराते प्रतियाेगितामा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतको कोलकत्तामा अक्टोबर १८ देखि २० सम्म हुने प्रतियोगितामा नेपालका मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वाश राई र राउल ठकुरीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली खेलाडीले प्राे तथा एमेच्याेर गरि दुई विधामा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा राेजेश खड्का र टिम व्यवस्थापकमा अस्मिता रायमाझी भारत जाने छिन् ।
भारत जाने नेपाली टोलीलाई नेपाल बुसिदाे काेन्सेकाई (एम.एम.ए ) संघले मंगलबार विदाई गरेको छ ।
नेपाली टोलीलाई प्रदेश नम्बर-३ सभा सदस्य तथा राष्ट्रिय पाराओलम्पिक अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ, शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक केवि बराम, फुलकन्ट्याक कराते महासघका उपाध्यक्ष रामजी बज्राचार्य ,सघका अध्यक्ष एवम ब्रानचिफ तथा प्रशिक्षक उमेश गुरुङ लगायतले विदाई गरेका थिए ।