काठमाडौँ । चौथो एनआरएनए फुट्सल काठमाडौँ २०१९ अन्तर्गत सोमबार नेपाल खेलकुद पत्रकार मञ्च र एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीबीच मैत्री खेल सम्पन्न भएको छ ।
मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हराएकाे हाे ।
खेलकुद पत्रकार टिमका लागि दिल तामाङ र निशान सुच्चा राईले ह्याट्रिक गरेका थिए ।
यसैगरी, प्रज्ज्वल शाक्यको नाममा दुई गोल रह्यो भने बासु अवाले र सुमन चापागाईँले एक–एक गोल गरे ।
पत्रकार टिमलाई एक गोल विपक्षी खेलाडीको आत्मघाती गोलबाट प्राप्त भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष तथा राष्ट्रिय टिमका पूर्व गोलरक्षक उपेन्द्रमान सिंहले मैत्री खेलको उद्घाटन गरेका थिए ।