काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ ।
पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ बक्सिङ खेलाडी त्यसतर्फ जाने भएका छन् । पोखरा जाने नेपाली टोलीलाई नेपाल बक्सिङ संघले आइतबार विदाई गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब रमेश सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले पोखरा जाने टोलीलाई विदाई गरे ।
पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिने छन् । यस्तै वरिष्ठ प्रशिक्षक प्रवीन तुलाधर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षक किशोर लिम्बु र दिपक महर्जन पोखरा जाने छन् ।
नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
पोखरा जाने खेलाडी -
(महिलातर्फ)
ललिता महर्जन ४८ के.जी
माला राई ५१ के.जी
मिनु गुरुङ ५४ के.जी
चन्द्रकला थापा ५७ के.जी
संगिता सुनुवार ६० के.जी
पुनम रावल ६४ के.जी
(पुरुषतर्फ)
सुशिल थापा मगर ४९ के.जी
तेज बहादुर देउवा ५२ के.जी
पुरण राई ५६ के.जी
सनिल शाही ६० के.जी
भुपेन्द्र थापा ६४ के.जी
विकास लामा ६९ के.जी
दिपक श्रेष्ठ ७९ के.जी
मनोहर बस्नेत (म्याक्स) ८१ के.जी
अर्जुन सिगु ९१ के.जी
आशिष दुवाडी ९१ के.जी