काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिङ (पेटी परिक्षा) शनिबार सम्पन्न भएको छ ।
ग्रेडिङमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिङ भएको थियो । उक्तग्रेडिङमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा रुबिना बरुवाल ,पन्सुल महर्जन, नम्रता माझी ,आयुष केसी, प्रसन्न दाहाल, सनिस्का श्रेष्ठ, दिज्ञ केसी, खुशी बुढामगर ,अर्पन श्रेष्ठ र अमित मगर रहेका छन ।
त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ कुशल खत्री, कौसल खत्री, राजेन्द्र पुरी , नितास माझी , रिसभ सिंह, मोहम्मद हम्जा, दिज्ञ शाह, कृती भण्डारी , प्रतिका कुँवर, शाश्वत थापा उत्तीर्ण भएका छन ।
हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा आभूषण बोहरा, निसान ताम्ली, अनिस तामांग, प्रत्युस महर्जन, गृष्मा तामांग रहेका छन ।
ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ बिबोन कार्की,दिपेश तामांग,बिबोध कार्की,सुशान्त चौधरी सफल भए ।
स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा अभय खपांगी,बिकाश श्रेष्ठ,रोजन अधिकारी,अभिलाशा थापा र बिनु माझी उत्तीर्ण हुन सफल भए भने जुनियर ब्राउन देखि सिनियर ब्राउन तर्फ सोहन गौतम उत्तीर्ण हुन सफल भए ।
४५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिङ नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम(सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगीले लिएका थिए ।
पुरुषतर्फ रोजन अधिकारी र महिला रुबिना वरुवाल उत्कृष्ट खेलाडी घोषित भए ।