काठमाडौं । प्रिन्स दाहाल र रत्नजित तामाङ अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रिन्सले भारतका अमेया ओएकलाई २१–२३, २१–१४, २१–१६ ले हराए । अर्को खेलमा रत्नजितले भारतका शिषिर दिवेदीलाई २१–१५, २१–१६ को सोझो सेटमा हराए ।
सोही स्पर्धाका अर्को खेलमा नेपालका नविन श्रेष्ठले भारतका मायांक अउजालाई २१–१६, २१–१८ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । अर्को खेलमा नेपालका विष्णु कटुवालले नेपालकै निरञ्जन देवकोटालाई २१–१७, २१–१७ को सोझो सेटमा पाखा लगाए । अर्को खेलमा नेपालका विकास श्रेष्ठले नेपालकै प्रफुल्ल मर्हजनलाई १३–२१, २१–१७, २१–१५ ले हराए ।
यसैगरी पुरुष एकलकै अन्य खेलमा मलेसियाका दातु मोहद शाह इजलान सारदिकले नेपालका रियाज अन्सारीलाई २१–१२, २१–१२ र अष्ट्रेलिया डानियल फानले नेपालका पूर्णबहादुर थापालाई २१–११, २१–१४ को सोझो सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
पुरुष एकलकै अन्य खेलमा मलेसियाका चुआन झे ताईले नेपालका दिपक बोहोरालाई २१–८, २१–७, भारतका तरुन रेडी कतमले नेपालका प्रियान्सु सिंह क्षेत्रीलाई २१–१५, २१–१७, बंगलादेशका मोहमद सलमान खानले नेपालका पेम्बा शेर्पालाई २१–९, २१–१२, मलेसियाका सेङ जोय योहले नेपालका सुजन श्रेष्ठलाई २१–९, २१–५, भारतका अरिन्तप दास गुप्ताले नेपालका जीवन आचार्यलाई २१–९, २१–१८, भारतका स्वर्णराज बोराले नेपालका साजनकृष्ण ताम्राकारलाई २१–१४, २१–११, नेपालका दिपेश धामीले भारतका सर्हष मोहनलाई २१–१२, २१–१९, नेपालका देवराज रानाले नेपालकै इरफान अन्सारीलाई १६–२१, २१–१९, २१–१८ तथा भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका सुनिल जोशीलाई २१–११, २१–८ ले पाखा लगाउँदै दोस्रो चरणमा प्रवेश गरे ।
महिला एकलतर्फ सिता राई र नङ्शल तामाङ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सिताले भारतकी अनुभा कौशिकलाई १६–२१, २१–१५, २१–१४ को सेटमा हराईन् । नङ्शलले नेपालकै शोभा गौचनलाई २१–८, २१–११ को सेटमा पाखा लगाईन् ।
सोही स्पर्धाका अन्य खेलमा भारतकी माल्भिका बानसोदले नोपलकी रन्जना भाटलाई २१–७, २१–९, जापानकी चिया सिगेयामाले नेपालकी सफी खत्रीलाई २१–६, २१–९, भारतकी दिपाली गुप्ताले नेपालकी तारा आलेलाई २१–२, २१–६ र भारतकै कनिका कनवालले नेपालकी अमिता गिरीलाई २१–२, २१–९ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे ।
यसैगरी महिला एकलकै अन्य खेलमा चाइनेज ताईपेईकी यु चेईहले नेपालकी सम्झना शर्मालाई २१–५, २१–१०, इन्डोनेसियाकी रिरिन अमेलियाले नेपालकी निता लम्साललाई २१–९, २१–१०, भारतकी गायत्री गोपीचन्द पुलेलाले नेपालकी जेसिका गुरुङलाई २१–११, २१–८, नेपालकी सुनयना मुखियाले भारतकी शुक्ला सालिनी सुर्याकरनलाई २१–१७, १७ –२१, २१–११, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी अनुमाया राईलाई २१–९, २१–११, जापानकी युरी नाकामुराले नेपालकी रसिला मर्हजनलाई २१–९, २१–८ र लोकतमा राईले नेपालकै प्रसुना खत्रीलाई २१–१५, २१–१४ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेपालकी सिमा राजवंशीले भने नेपालकै मनिषा खड्काले खेल छाडेपछि दोस्रो चरणमा स्थान बनाएकी छन् ।
पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले विजयी सुरुआत गरेका छन् ।
विकास र विजितको जोडीले भारतका हिसाम अजिज र प्रभात चौधरीको डोलीलाई २१–१२, १९–२१, २१–१२ को सेटमा हराए । सोही स्पर्धाको अर्को खेलमा भारताका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीले नेपालका गौतमसिंह कठायत र विष्णु कटुवालको जोडीलाई २१–८, २१–१६ ले हराउँदै दोस्रो चरणमा पुगे ।