बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

अभिषेक र दिनेश उपाधि नजिक  

मंगलबार, ०७ आश्विन २०७६खेलपाटी संवाददाता
अभिषेक र दिनेश उपाधि नजिक  
Loading ad...
mustang rice ad

काठमाडौं । नारायणी मिल्कका अभिषेक बोस र स्टार इनभेष्टमेन्टमा दिनेश राई अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेलमा अभिषेकले बी एन्ड बी का बालमुकुन्द ढुङ्गानालाई २१–१७, २१–१२ को सेटमा हराए ।

अर्को सेमिफाइनलमा दिनेशले टियुका खेमराज भट्टलाई २१–१८, २१–१४ को सेटमा पाखा लगाए । यसअघि मंगलबारनै भएको क्वार्टरफाइनल खेलमा अभिषेकले अमुदी फुड्सका अच्युत बस्नेतलाई २१–११, २१–१३ को सोझो सेटमा हराएका थिए ।

यस्तै दिनेशले एलडी ग्रुपका हेमन्त अग्रवाललाई २१–१५, २१–१८ को सोझो पराजित गरेका थिए ।

ज्योती विकास बैंकका विकाश मर्हजन र कामना सेवाका विशाल खड्का अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको एक्जुकेटिभ सिंगलतर्फ फाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विकाशले जेष्टका रामकुमार बानियालाई १५–२१, २१–१९, २१–१२ को सेटमा हराए ।

अर्को सेमिफाइनल खेलमा विशालले जेष्टकै सुजन थापालाई १३–२१, २१–१२, २१–८ ले पराजित गरे । यसअघि भएको सोही विधाको क्वार्टरफाइनलमा विकाशले जेष्ट ग्रुपमा अखिल श्रेष्ठलाई २१–१५, २१–१३ को सेटमा पाखा लगाएका थिए । विशालले बज्र अटोका रुपेल बादेलाई २१–१५, २१–६ को सेटमा पराजित गरेका थिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा पिताम्बर र जयरामको जोडीले मुक्रिनाथ विकास बैंकका प्रेम थापा र बेस्ट फाइनान्सका तोयाराज अधिकारीको जोडीलाई २१–६, २१–१४ को सोझो सेटमा पाखा लगाए । 

सोही स्पर्धामा युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावरका खगेन्द्र रेग्मीले पनि फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा उक्त जोडीले त्रीभ ब्रोकरेजका अनुजराज पौडेल र प्रशान्त ताम्राकारको जोडीलाई २१–१७, २१–१४ को सेटमा हराउन सफल भयो । 

जेष्ट ग्रुपका सुजन थापा र रामकुमार वानियाको जोडी अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन अन्तर्गत एक्जुकेटिभ डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

राखेप कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा उक्त जोडीले नारायणी मिल्कका अभिषेश बोस र नियागरा फल्सका शुसिल श्रेष्ठको जोडीलाई २१–१३, १८–२१, २१–१७ को सेटमा स्तब्ध बनायो । 

यसैगरी सोही स्पर्धामा कामना सेवाका विशाल खड्का र बएएनएम सप्लायर्सका विश्वाश नेपालको जोडीले पनि फाइनलमा स्थान बनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी