काठमाडौं । सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा नेपालबाट रत्नजित तामाङ,दिपेश धामी,विष्णु कटुवाल,दिपक बोहोरा,अनुमाया राई र शोभा गौतमले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् ।
१८ देखि २२ तारिखसम्म संचालन हुने प्रतियोगिताका लागि नेपाली टिम आइतबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ र अनुज बस्नेत रहेका छन् ।
सुभास श्रेष्ठको नेतृत्वमा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले विदाई गरेका थिए ।