चर्चित भिडन्तमा वालीनमाथि फुरीको जित
आइतबार, २९ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डका बक्सर टाइसन फुरीले हेबिवेट बक्सिङ फाइटमा जित निकालेका छन् । अमेरिकामा आइतबार भएको फाइटमा फुरीले स्विडेनका ओट्टो वालीनलाई पराजित गरे ।
निकै रोमान्चक बनेको फाइटमा फुरीले तेस्रो राउण्डमै चोट बोकेका थिए । ओट्टोको पन्चले लाग्दा फुरीको दाहिने आँखाको माथि गहिरो चोट लागेको थियो । तर, बहादुरी पूर्ण खेल्दै फुरीले ओट्टोविरुद्ध जित निकाले ।

उपाधि जित्ने क्रममा ३१ वर्षे फुरीले ओट्टोलाई ११६-११२, ११७-१११ र ११८-११० अंकले हराए ।
योसँगै फुरीले २९ खेलको अपराजित यात्रा कायम गरेका छन् । जितसंगै फुरीले डेओटी विल्डरसँग पुनः भिडन्त पक्का गरेका छन् ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)

