बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. रत्न र रशिला च्याम्पियन 

रत्न र रशिला च्याम्पियन 

२०१९ सेप्टेम्बर १५, आइतबारखेलपाटी संवाददाता

रत्न र रशिला च्याम्पियन 

इटहरी । नेपाली सेनाका रत्नजित तामाङले लगातार आठौं पटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्याकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार भएको फाइनलमा एपिएफका दिपेश धामीमाथि २१-१९ र २१-१३ को सोझो जितमा जित निकाल्दै रत्न आठौं पटक च्याम्पियन बनेका हुन्। प्रतियोगितामा भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेश्रो भए ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पूर्व विजेता भोजपुरकी नङशल देवी तामाङलाई पराजित गर्दै महिलातर्फको उपाधि जितिन । पहिलो पटक यस प्रतियोगिताको उपाधि जित्ने क्रममा महर्जनले तामाङमाथि २१-१६ र २१-१५ को सेटमा जित निकालिन । एपिएफकी जेशिका गुरुङ र राजधानी युथ क्लबका सिमा राजबंशी तेस्रो भए ।

महिला र पुरुषको विजयी शीर्ष तीनले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गरे ।

Image may contain: 3 people, including Ratna Jit Tamang, people standing

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला एकलतर्फ सेनाका पविन लिनथेपले कैलालीका देवराज रानालाई १९-२१, २१ -११, २१ - ११ ले पराजित गरे । तेश्रो स्थानमा एपिएफका प्रियान्सु सिंह क्षेत्री र निराजन देवकोटा रहे ।

यसैगरि महिला एकल खुल्लातर्फ कैलालीकी प्रार्थना देउवाले उपाधी चुमिन् । उनले जेष्ट ब्याडमिन्टनकी मनिषा खड्का सुरुवातमा नै खेलका दौरान खुट्टामा चोट आएका कारण खेल परित्याग गरेपछि उपाधी जितेकी हुन् । तेश्रो स्थानमा बाँकेकी सुष्मा श्रेष्ठ र जेष्टकी सफी खत्री रहे ।

ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलमा सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले बाजी मार्यो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई १६ - २१, २१ - १७, २१ - १२ ले पन्छाउँदै उपाधि जिते । बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तेश्रो भयो ।

यसैगरि महिला युगलतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङले बाजी मारे । पुजा र जेशिकाको जोडीले सेनाका रशिला महर्जन र रञ्जना भट्टको जोडीलाई २१ - १२, २१ - १३ ले पन्छाउँदै ट्रफी उचाले । तेश्रो स्थानमा सेनाका अमिता गिरी र अनुमाया राईको जोडी तथा बाँके र राजधानी युथ क्लब, मोरङका संझना शर्मा र सिमा राजबंशी रहे ।

महिला र पुरुष खुल्ला एकल तथा जोडीका शीर्ष तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे ।

Image may contain: 12 people, including Ratna Jit Tamang, people smiling

छात्र यू-१७ तर्फ एपिएफका प्रियान्सु सिंह क्षेत्रीले बाजी मारे । उनले कैलालीका अमृत चौधरीलाई २१ - १२, १८ - २१, २१ - १२ ले पराजित गर्दै उपाधि हात पारे । तेश्रो स्थानमा कञ्चनपुरका हिमाल चन्द र सेनाका भोजबहादुर गुरुङ रहे । यस्तै छात्रातर्फ सेनाकी रशिलाले उपाधी चुमिन् । उनले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१ - ५, २१ - ३ ले पराजित गरिन् । तेश्रो स्थानमा राजधानी युथकी रोज पाण्डे र सेनाकी रञ्जना भट्ट रहे ।

यस स्पर्धाको शीर्ष तीनले १० हजार, ७ हजार र ४ हजार प्राप्त गरे ।

भेट्रान्स युगलतर्फ पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यले जित निकाले । विरेन्द्र र महेशको जोडीले धनकुटाका किरण प्रधान र योगश्वर श्रेष्ठको जोडीलाई १८ - २१, २१ -१९, २१ - ११ ले पराजित गरे । ईलामका दर्शन भक्तराज र संजय भक्तराज तथा सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीले तेश्रो स्थान हात पारे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब