बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. रशिला तेहेरो उपाधि नजिक 

रशिला तेहेरो उपाधि नजिक 

२०१९ सेप्टेम्बर १३, शुक्रबारखेलपाटी संवाददाता

रशिला तेहेरो उपाधि नजिक 

इटहरी । राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा तीन उपाधि नजिक पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा जित निकाल्दै रशिला महिला एकल, महिला युगल र यू-१७ गरि तीन स्पर्धाको फाइनलमा पुगेकी छिन् ।

सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङलाई २१-१७, १८-२१, २१-१३ ले तथा छात्रा यू-१७ तर्फ राजधानी युथ क्लब मोरङकी रोज पाण्डेलाई २१-९, २१-१६ ले पन्छाउँदै फाइनलमा स्थान पक्का गरिन् ।

अब रशिलाले उपाधिका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङसल देवी तामाङसंग प्रतिस्पर्धा गर्ने छिन् ।

भोजपुरबाट खेलेकी तामाङले राजधानी युथ क्लब, मोरङकी सिमा राजबंशीलाई २१-१७, २१-१२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् ।

 महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्टसंग मिलेर बाँकेकी संझना शर्मा र मोरङ्गकी सिमा राजबंशीको जोडीलाई २१-१५, २१-१७ ले पराजित गर्दै फाईनलमा एपिएफका जेशिका गुरुङ र पुजा श्रेष्ठको जोडीसंगको भेट पक्का गरिन् ।

जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१-१५, ११-२१, २१-१७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

यू-१७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङकी सिमा राजबंशीसँग उपाधिका लागि खेल्ने छिन् । रशिलाले राजधानी युग क्लब, मोरङकी रोज पाण्डेलाई २१-९, २१-१६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६-२१, २१-१६, २१-१४ ले पराजित गर्दै फाईनलमा स्थान बनाएकी हुन् ।

पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१ – १२, २१ – १४ ले पन्छाउँदै फाईनलमा चिर प्रतिद्वन्दि पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङसंगको भेट पक्का गरे । अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१-१४, २१-१९ को जित निकाले ।

यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगल तर्फ दिपेशले विजित थापा मगर संग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१-१५, २१-१७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठ संग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१-१५, २४-२२ को कठिन जित निकाले ।

पुरुष खुल्ला तर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन् । पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९- २१, २१ - ११, २१ - १८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२ - २०, २१ -१८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

महिला खुल्ला तर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाईनल प्रवेश गरेकी छिन् । खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२ - २०, १३ -२१, २१ -१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवा संगको भेट पक्का गरेकी हुन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१-१६, २१ - १० ले पाखा लगाईन् ।

छात्र यु १७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१ -१०, २१ -१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१-१५, २१-१९ ले पराजित गरे ।

भेट्रान्स जोडी तर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । प्रधान र श्रेष्ठको जोडीले ईलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१-१४, २१-१० ले पन्छाए । यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२ - २०, १९ - २१, २१-६ ले पराजित गर्दै फाईनलमा प्रधान र श्रेष्ठको जोडीसंगको भेट पक्का गरको हो ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब