इटहरी । नेपाली सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी इटहरीमा जारी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्याकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
बिहिबार भएको खेलमा रत्नले पुलिसका सुनिल जोशीलाई २१-१० र २१-१३ ले पराजित गरे । अब रत्नले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने छन् ।
नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३-२१, २१-११ र २१-१५ ले पाखा लगाए ।
यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१-१६ र २१-१६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसंग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१-७, १८-२१ र २१-११ को जित निकाले ।
पुरुष एकल खुल्लातर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६-२१, २१-७ र २१-११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए ।
अब उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्रीसंग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६-२४, २१-१९ ले पराजित गरे ।
यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् ।
रानाले पुलिसका पूर्णबहादुर थापालाई २१-१६, २१-१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१-१५, २१-१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।