काठमाडौं । दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुशिन कराते प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
शिन क्योकुशिन कराते संघ र गुर्जुधारा शाखाद्धारा आयोजित प्रतियोगितामा ७ प्रदेशबाट २२ जिल्लाका १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
शिन क्योकुशिन कराते संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा फुल कन्ट्याक्ट करातेको इतिहासमा पहिलो पटक प्रत्येक खेलाडीको २ लाखको बीमा भएको आयोजकले जनाएको छ ।
गुर्जुधारास्थित त्रिशक्ति ब्याङ्क्वेटमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ २ गरी जम्मा ७ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताबाट पुरुष र महिलाबाट एक एक खेलाडी उत्कृष्ट घोषित हुनेछन् ।
प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय विजेताले नगत, शिल्ड र प्रमाणपत्र पाउनेछन् । तर,पुरस्कार राशी भने तय भईनसकेको आयोजकले जनाएको छ ।