बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. दिपेश र रत्नको विजयी सुरुवात

दिपेश र रत्नको विजयी सुरुवात

२०१९ सेप्टेम्बर १०, मङ्गलबारखेलपाटी संवाददाता

दिपेश र रत्नको विजयी सुरुवात

इटहरी ।  एपिएफका राष्ट्रिय च्याम्पियन दिपेश धामी र आर्मीका रत्नजित तामाङले नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता विजयी सुरुवात गरेका छन् ।

इटहरी रंगशालामा शीर्ष १६ वरियताका खेलाडीबीचको पुरुष एकलको पहिलो खेलमा दिपेशले बाँकेका ईरफान अन्सारीलाई २१-१४, र २१ - १४ ले पराजित गरे ।  रत्नले एपिएफका गौतम सिंह कठायतमाथि १९-२१, २१ - ९ र २१- १४ को जित निकाले । यस्तै उनले एपिएफका सुमन लिम्बुमाथि २१ - १०, २१ - १३ को जित निकाले ।

अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५ - २१, २१- १९ र २१ - १४ ले पराजित गरे । समूह बिको अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१ - ११, २१ - १५ ले पराजित गरे । यसैगरि पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१ -१६, २१ -९ ले पराजित गरे । यस लिग बाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको टुङ्गो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ ।

उच्च वरियताका १६ खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराए ।

सोही क्रममा समूह ए मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१- १८, २४-२२ ले, समूह सीका भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१ - १७, २१ - १४ ले तथा समूह डीमा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले । पहिलो सेटलाई २१ -१९ ले आफ्नो पक्षमा पारेका बिष्णुले दोश्रो सेटमा ७ । १२ को अवस्थामा खेल परित्याग गरेका थिए । उनलाई खेलकै दौरान ज्वरो आएकाले खेल परित्याग गरेका थिए ।

ईटहरी रङ्गशालाभित्र अत्याधिक गर्मि बढेका कारण खेलाडीहरुले असहज परिस्थितीकाविच पनि आफ्नो खेल कौशलतालाई प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।

यसै गरि उच्च १६ बाहेककाविच खेलाईएको पुरुष एकलमा सेनाका आयुष्मान नगरी, कैलालीका अमृत चौधरी, जेष्ट ब्याडमिन्टनका अनिष खतिवडा, बाँकेका रियाज अन्सारी, जाजरकोटका राजु भँडेल, ललितपुरका ससिन डङ्गोल र दैलेखका खगेन्द्र बहादुर सिंह आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरण प्रवेश गरेका छन् । पहिलो चरणबाट दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, जाजरकोटका सि.पी. घर्तीमगर, एपिएफका प्रियान्सु सिंह क्षेत्री, जाजरकोटका नारायण भँडेल, पुलिसका गौरव दाहाल, काठमाण्डौका प्रतिक अर्याल, एपिएफका ईन्द्र बहादुर महता, सूर्खेतका सुजित कार्की, कैलालीका जे.बि. साउद, सेनाका गोकुल जोरा, ईलामका अजित नेम्वाङ्ग, पुलिसका पूर्ण बहादुर थापा, कैलालीका योगेश थापा, एपिएफका पेम्बा शेर्पा, ललितपुरका रदिप महर्जन, कैलालीका देवराज राना, सूर्खेतमा अनिल मल्ल, सेनाका दिवस शंकर, बुढासुब्बा ब्याडमिनटन एकेडेमीका अजय चौधरी, झापाका प्रनिश सिंह ठकुरी, रुपन्देहीका किरण बिष्ट, खोटाङ्गका समन राई र जेष्ट ब्याडमिन्टनका अर्जून तामाङ्ग रहेका छन् ।

यस्तै यु – १७ छात्र तर्फ खोटाङ्गका अलिस दङ्गाल, कैलालीका जैबी साउद, सलकपुरका मुनाहाङ्ग राई, कञ्चनपुरका हिमाल चन्द, बाँकेका शिब सुनार, दाङ्गका सुरज गुप्ता, मोरङ्गका आवाज ओडारी, सेनाका डेभिड थापा मगर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, दाङ्गका सफिक ईद्रिसी, सप्तीका विनय चौधरी र सनिल चौधरी तथा खोटाङ्गका कञ्चन श्रेष्ठ पहिलो चरण पार गर्दै दोश्रो चरणमा पुगेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु