सागका लागि बक्सिङको छनोट अर्को साता
सोमबार, २३ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागिता जनाउने खेलाडीको अन्तिम छनोट अर्को साता गर्ने भएको छ ।
लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा संचालन हुने छनोट भदौ २९ देखि ३१ सम्म हुनेछ ।
सागको छनोटमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम,दोश्रो र तृतिय हुने खेलाडी सहभागिता जनाउन पाउने छन् ।
यस्तै विशेष कारण बस आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन छुटेका तर बिशिष्ट क्षमता भएका प्रतिभावान खेलाडीका हकमा नेपाल बक्सिङ संघको निवेदनका आधारमा छनोट समितिको सिफारिसमा कार्यकारी समितिले समावेश गर्ने निर्णय गरेको खण्डमा सहभागिता पाउने संघले जनाएको छ ।








-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)

