काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दोबाट ३४ खेलाडी छनोट भएका छन् ।
नेपाल तेक्वान्दो संघले शुक्रबार आयोजना गरेको छनोटबाट सागका लागि पुम्सेमा १८ तथा क्याराेगीमा १६ गरि ३४ खेलाडी छनाेट भएकाे हुन् ।
सातदाेबाटाेस्थित नेपाल तेक्वान्दाे एकेडेमीकाे हलमा भएको छनोटबाट पुम्सेबाट समान ९/९ महिला र पुरुष खेलाडी छनोट भए । यस्तै क्याराेगीमा समान ८/८ महिला र पुरुष छनोट भए ।
क्याराेगीको महिलातर्फ ओलम्पियन तथा १२ औं साग खेलेकी निशा रावल ७३ केजीमाथिको तौल समूहमा छनोट भईन् । यस्तै ५७ केजीमुनि निमा गुरुङ, ४६ केजीमुनि काजल श्रेष्ठ, ४९ केजीमुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ६२ केजीमुनि इन्दिरा बस्नेत, ६७ केजीमुनि संगिता बस्याल र ७३ केजीमुनि अप्सरा कार्की छनाेट भईन् ।
क्याराेगीको पुरुषतर्फ ६८ केजीमुनि वीर बहादुर महरा, ८७ केजीमाथि सक्षम कार्की, ५४ केजीमुनि मनाेज मल्ल, ६३ केजीमुनि ज्ञानेन्द्र हमाल, ५८ केजीमुनि गाेविन्द मगर, ७४ केजिमुनि निश्चलमान श्रेष्ठ, ८० केजीमुनि किरण मगर र ८७ केजीमुनि भुपेन श्रेष्ठ छनाेट हुन सफल भए ।
पुम्सेको पुरुषतर्फ १८ देखि २४ वर्षकाे उमेर समूहमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत र दिपेन्द्र गुरुङ छनाेट भए । २४ देखि २९ वर्षसम्म उमेर समूहमा कमल श्रेष्ठ, जित बहादुर बाेटे र प्रेम बहादुर लिम्बू छनाेट भए । ३० वर्षमाथिको उमेर समूहमा रेजिन रिमाल र सन्जिव ओझा छनाेट भए ।
पुम्सेको महिलातर्फ २४ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई छनाेट भईन् । १८ देखि २३ वर्ष उमेर समूहमा सिना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना छनाेट भईन् ।
त्यस्तै ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्य छनाेट भईन् ।
नेपालले आयोजना गर्ने साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।