काठमाडौं । चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ र नवज्ञान भूमिकी श्रीया खड्काले द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
बाँसबारी स्थित द चाँदवाग स्कुलमा भएको प्रतियोगिता अन्तर्गत बिहिबार भएको छात्र एकल काँतामा पुजन र छात्रा एकल काँतामा श्रीयाले स्वर्ण जितेका हुन् । प्रतियोगितामा पुजन र श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
यस्तै छात् तर्फ मित्रपार्क डोजोका सोहेन्द्र राना मगरले रजत र आयोजक द चाँदका प्रबिज्ञ कोइरालाले काँस्य पदक जिते । छात्रा तर्फ सायुरी राईले रजत र पुष्पा श्री र अंसु गुरुङले काँस्य पाए ।
काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रा तर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे ।
मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन् ।
छात्र तर्फ विभिन्न १० तौल समूह र छात्रा तर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कास्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
दुई दिने प्रतियोगितामा ५ स्वर्ण पदक सहित नवज्ञानभुमि स्कुलद पहिलो बन्दा ३ स्वर्ण पदक हात पारेको आयोजक द चाँदवाक दोस्रो र २ स्वर्ण पदक हात पारेको श्री बाँसबारी स्कुल तेस्रो भयो ।
प्रतियोगितामा छात्रतर्फ द चाँदवागका पुजन तामाङ उत्कृष्ट खेलाडी बन्दा छात्रातर्फ इमानियोल डोजोकी एन्जल गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन् ।
विजयी खेलाडीलाई गोजुकाई करातेको मुख्यालय जापानबाट आएका प्रतिनिधि सिन्हान हिदेकी वाकासुगी र नाओतो सुग्युराले पुरस्कार प्रदान गरेका थिए ।