काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि वैदेशिक प्रशिक्षणमा गएको नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ ।
बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड गएको नेपाली टोली बुधबार राति स्वदेश फर्किएको हो । थाइल्याण्डमा २० सदस्सीय नेपाली बक्सिङ टोलीले २ महिना प्रशिक्षण गरेको थियो । थाइल्याण्डमा १६ तौल समूहका १७ खेलाडीले बिशेष प्रशिक्षण लिएका थिए ।
थाइल्याण्ड बक्सिङ संघको सहयोगमा नेपाल बक्सिङ संघले खेलाडीहरुलाई प्रशिक्षणको लागि पठाएको थियो ।
नेपाली टोलीलाई राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र कुमार राई र बक्सिङ संघका पदाधिकारीले स्वागत गरेका थिए ।