मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्ध्या र निशान्तलाई स्वर्ण

बुधबार, ११ भाद्र २०७६खेलपाटी संवाददाता
सन्ध्या र निशान्तलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नवौं संस्करणको कोरियन एम्बेसडर नेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको क्याडेट महिला पुम्सेतर्फ सन्ध्या लामा र पुरुषतर्फका निशान्त थिङले स्वर्ण पदक जितेको छन् ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार सम्पन्न प्रतियोगिताको क्याडेट महिला पुम्सेतर्फ कोटेश्वरकी सन्ध्याले स्वर्ण जितेकी हुन् । यसैगरी मुलपानीकी प्रगति कुइकेलले रजत पदक जित्दा सुशान्त तामाङ र तारा वाइबाले काँस्य हात पारेका छन् ।

यस्तै क्याडेट पुरुषतर्फ सगरमाथा एकेडेमीका निशान्त थिङले स्वर्ण हात पारे । कोटेश्वरका बिबेक लामाले रजत जिते । गोदावरीका श्रीजल श्रेष्ठ र मुलपानीका आयास ढुङ्गेलले कास्य जितेका छन् ।

क्याडेट महिला समूह पुम्सेतर्फका भ्याली डीआइभीका पूर्णिमा बस्नेत, रोजिना श्रेष्ठ र प्राप्ती पुनले स्वर्ण पदक जितेका छन् । यस्तै सुप्रिमले रजत र भक्तपुरले काँस्य जितेका छन् । यस्तै क्याडेट पुरुष समूह पुम्सेतर्फका बर्दियाका निर्मल पुन मगर, सन्दिप थारु र गोपाल खड्काको समूहले स्वर्ण जितेका छन् । समूहतर्फ नै न्यु जावलाखेल दोस्रो र सुप्रिम र सगरमाथा बानेश्वर तेस्रो भएको छ ।

Image may contain: 5 people, people smiling, people standing

जुनियर महिला पुम्सेतर्फ राष्ट्रिय टिमकी सन्जिला तिमलसिनाले स्वर्ण जितिन् । यस्तै राष्ट्रिय टिमकै स्वस्तिका तामाङले रजत, निशा दर्नालल र तनेपाल आर्मीकी रिता श्रेष्ठले काँस्य जिते । जुनियर पुरुष पुम्सेमा राष्ट्रिय टिमका अस्मिन राउतले स्वर्ण, कृष्ण बहादुर तामाङले रजत, राम गोले र चितवनका सागर बरालले काँस्य हात पारे ।

जुनियर पियर पुम्सेमा राष्ट्रिय टिमका निशा दर्नाल र कृष्ण बहादुर तामाङको जोडीले स्वर्ण जिते । राष्ट्रिय टिमकै सन्जिला तिमलसिना र अस्मिन राउतको जोडीले रजत र भ्याली डिआईभीका रोश्नी श्रेष्ठ, विश्वनाथ श्रेष्ठ र राष्ट्रिय टिमका स्वस्तिका तामाङ र राम गोलेको जोडीले काँस्य जिते ।

जुनियर पुरुष टिम पुम्सेमा राष्ट्रिय टिमका कृष्ण बहादुर तामाङ, अस्मिन राउत र राम गोलेको समूहले स्वर्ण पदक हात पारेका छन् । यसैगरी भ्याली डिआईभीका बिबेक लामा, सुजन श्रेष्ठ र विश्वनाथ श्रेष्ठको समूहले रजत पाए ।
जुनियर महिला टिम पुम्सेमा राष्ट्रिय टिमका निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमलसिनाको समूहले स्वर्ण हात पारे । भ्याली डीआईभीले रजत जित्दा नेपालगन्ज तेक्वान्दोले काँस्य हात पारेको छ ।

सिनियर पुरुष पुम्सेमा राष्ट्रिय टिमका जित बहादुर बोटेले स्वर्ण जितेका छन् । राष्ट्रिय टिमकै प्रेम बहादुर लिम्बुले रजत, कमल श्रेष्ठ र शिशिर श्रेष्ठले काँस्य जिते । सिनियर महिला पुम्सेमा राष्ट्रिय टिमका पार्वती गुरुङले स्वर्ण, निता गुरुङले रजत, सिना माडेन र प्रशंम्सा श्रेत्रीले काँस्य जिते ।


जुपियर महिला पुम्सेमा राष्ट्रिय टिमका पार्वती गुरुङ र कमल श्रेष्ठको जोडीले स्वर्ण हात पार्दा सिना गुरुङ र जित बहादुर बोटेको जोडीले रजत हात पारे । भने राष्ट्रिय टिमकै निता गुरुङ, पे्रम बहादुर लिम्बुको जोडी र प्रशंम्सा श्रेत्री, शिशिर श्रेष्ठको जोडीले काँस्य जिते ।

सिनियर पियर पुम्सेमा कोटेश्वरका बिबेक लामा र सन्ध्या लामाको जोडीले स्वर्ण जित्यो । गोदावरीका श्रीजल श्रेष्ठ र संगम थापाले रजत र चितवनका सागर बराल र आचल वाचापाई र काभ्रेस्तलीका उगेन तामाङ र आयुसा लामाको जोडीले काँस्य हात पारे ।

३० वर्षमाथि पुरुष टिम पुम्सेमा राष्ट्रिय टिमका सिन्जव कुमार ओझाले स्वर्ण जिते । जगदिश सिंह पालीले रजत र सुरज श्रेष्ठले काँस्य हात पारे । ३० वर्षमाथि महिला टिम पुम्सेमा राष्ट्रिय टिमकी आयसा शाक्यले स्वर्ण हात पारिन् । भ्याली डिआईभीकी मिरा काफ्लेले रजत जितिन् ।

Image may contain: 7 people, people standing

पुरुष टिम पुम्सेमा राष्ट्रिय टिमका कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बुको समूहले स्वर्ण जितेका छन् । भने शिशिर श्रेष्ठ, नोर्बु मोक्तान र दिपेन्द्र गुरुङको समूहले रजत जित्यो । महिला टिम पुम्सेमा राष्ट्रिय टिमकी पार्वती गुरुङ, सिना माडेन र निता गुरुङको समूहले स्वर्ण र प्रशंम्सा श्रेत्री, सुशिला राई र निर्मला बि।केको समूहले रजत हात पारे ।
प्रतियोगिताको गेरुकी जुनियर पुरुष यु–४२ के।जीमा कोटेश्वरका सागर सिंह ठकुरीले स्वर्ण हात पारे । माइतीका सुजन सिल्वालले रजत, कपनका बिजय होगु र एसओएस बाल्ग्राम लुम्बििनीका विकल्प शाहीले काँस्य जिते ।


जुनियर पुरुष यु–४५ मा दिलिप मेमोरियलका सागर मगरले स्वर्ण, बिरगंजका अब्ताब आलमले रजत, चुनिदेवीका कोर्मा नोर्बु शेर्पा र सितापाइलाका सुरज गिरीले काँस्य जितेका छन् । यु–४८ तर्फ युनाइटेडका पुजन खड्काले स्वर्ण, बिरगंजका शिभम् शर्माले रजत, पारसीका सुजाव यादव र दिलिप स्मृतिका अभिषेक कार्कीले काँस्य जिते । यु–५१ तर्फमा युनाइटेडका श्रपेश तामाङले स्वर्ण, युनाइटेडकै सुशन पाण्डे रजत, भक्तपुरका संजोग लामा र कोप्पेजका सुमन याखा राईले काँस्य जितेका छन् ।

Image may contain: 4 people, people smiling, people standing

जुनियर महिला यु–४० तर्फमा युनाइटेडकी स्वस्तिका मर्हजनले स्वर्ण, युनाइटेडकै सुप्रिमा बाजगाईले रजत, प्रस्फुटन तेक्वान्दोकी गरिमा श्रेष्ठ र धरान तेक्वान्दोकी इन्दिरा थापाले काँस्य हात पारेका छन् । यु–४२ मा भ्याली डिआइआईभीकी सदिक्षा कार्कीले स्वर्ण र प्रतिक्षा खड्काले रजत हात पारिन् । बर्दियाकी भूमिसारा खत्री र युनाइटेडकी अस्मिता महर्जनले काँस्य हात पारे ।

यु–४४ तर्फमा धरानकी आस्मा राईले स्वर्ण जितिन् । यु–४६ तर्फ कोटेश्वरकी हिमानी थापा मगरले स्वर्ण हात पारिन् । सिनियर महिला यु–४६ तर्फ धनगढीकी गिता कात्याताले स्वर्ण, यु–४९ मा बिरगंजकी नजिया हसान सिध्धीकेले स्वर्ण हात पारे । यु–५३ मा बाँकेकी नेलिमा मल्लले स्वर्ण, यु–५७ तर्फ कोटेश्वरकी सुस्मिता मोक्तानले स्वर्ण र यु–६२ तर्फ राष्ट्रिय टिमकी इन्दिरा बस्नेतले स्वर्ण हात पारे ।

Image may contain: 20 people, people smiling, people standing

यु–६७ तर्फ भ्याली डिआईभीकी प्रतिज्ञा भण्डारीले स्वर्ण जितिन् । सिनियर पुरुष यु–५४तर्फ भ्याली डिआईभीका बिकास राईले स्वर्ण हात पारे । यु–५८ तर्फ भ्याली डिआईभीका नै राहुल कुमालले स्वर्ण जिते । यु–६८ तर्फ भ्याली डिआईभीका प्रकाश सिंह रातिगीले स्वर्ण, यु–७४ तर्फ चित्र बहादुर अधिकारीले स्वर्ण र यु–८० तर्फका भ्याली डिआईभीका नै रोशन बहादुर सिंहले स्वर्ण हात पारेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य