काठमाडौं । भारतको कर्नाटकमा भएको शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली खेलाडी जोगमेहर लामा अनिश श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
ब्ल्याकबेल्टको अन्डर ५० केजी तौल समूहमा जोगमेहरले श्रीलंकाका खेलाडीलाई हराउदै स्वर्ण पदक हात पारे । कातामा भने उनी दोस्रो भए ।
यस्तै अनिशले फाइटको ५० केजी तौल समूहमा स्वर्ण जिते । फाइनलमा उनले श्रीलंकन खेलाडीलाई नै हराएका थिए ।
सार्क राष्ट्रका देशले सहभागिता जनाएको प्रतियोगितामा २५०० खेलाडीले सहभागिता जनाएका थिए ।