कम्बोडियाको ओकुकाई करातेमा दुई खेलाडी
बुधबार, भदौ ४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । दोश्रो कामीतसुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया प्रस्थान गर्ने भएको छ ।
अगष्ट २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


