अन्तर्राष्ट्रिय बुदोकैदोका लागि ७ खेलाडी छनोट
मंगलबार, साउन २८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्समा कात्तिकमा हुने अन्तर्राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट कराते प्रतियोगिताका लागि नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघले ७ खेलाडी छनोट गरेको छ ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुष ६५ केजीमुनि नरेन्द्र महर्जन, ७५ केजीमुनि शैलेन्द्र महर्जन, ८५ केजीमुनि वीरचन्द्र नकर्मी र खुलामा वीरेन्द्र श्रेष्ठ छनोट भएको बुदोकैदो संघका अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् ।
महिला ६० केजीमुनि रुपा मगर तथा खुलामा सर्मिला महर्जन छानिए । पुरुष ४० वर्षमाथि भेट्रान खुलामा काजीमान श्रेष्ठ छनोट भएको बताइएको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


