प्रेसिडेन्ट कप करातेलाई इको संघको आर्थिक सहयोग
सोमबार, साउन २७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । पोखरामा आयोजना हुने प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट ग्राण्ड च्याम्पियनसिप कराते प्रतियोगितालाई नेपाल क्योकुसिन कराते (इको) संघले आर्थिक सहयोग गरेको छ ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा इको संघले प्रतियोगिताका लागि आयोजक नेपाल फुल कन्ट्याक्ट कराते महासंघलाई २ लाख ५० हजार रूपैयाँ नगद सहयोग गरेको छ ।
नेपाल फुल कन्ट्याक्ट महासंघका कोषाध्यक्ष कुमार श्रेष्ठ र नेपाल क्योकुसिन कराते (इको) संघका नरेशध्वज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिता भदौ १४ गते पोखरामा हुनेछ । प्रतियोगितामा ३२ महिला र ३२ पुरूष गरि ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको बिजेताले १ लाख रूपैयाँ नगद पुरस्कार जित्नेछन भने उप बिजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछ।
तेस्रो हुनेले २५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


