काठमाडौं । राजधानीमा जारी काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत यू–१२ पुरुष एकलमा सक्षम ढकाल र महिलामा सम्भवी पलकले जित हात पारेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति हलमा बुधबार सक्षमले रिस्तब राईलाई ११–० र ११–२ को सोझो सेटमा पराजित गरे ।
यू–१२ पुरुषतर्फ नै उज्जवल भक्तसरले रोशन घलेलाई ११–२ र ११–५ को सेटमा हराए । त्यस्तै श्रेयस रन्जितकारले प्रनय शाक्यलाई १२–१० र ११–२, सनम राइइले सत्यम कार्कीलाई १४–१२ र ११–४, काकेस सत्यालले रिशव थापालाई ११–९ र ११–५, निश्चलले दिपेशलाई ११–४ र ११–६, विश्वासले प्रयुक्तलाई ११–६, ६–११ र ९–११ मा हराए । यस्तै प्रिन्स थापाले अभिनाश रिजाललाई १४–१२ र ११–८ मा हराए ।
यू-१२ महिलातर्फ सम्भवी पलकले रोजेल कार्कीलाई ११–१ र ११–२ को सेटमा हराइन् । यस्तै उमङ्ग राईले करिष्मा रोकायलाई ११–५ र ११–४ को सोझो सेटमा हराइन् । त्यस्तै सुभाना खत्रीले आहाना कार्कीलाई, प्रनिश श्रेष्ठले सुभरा कनुर्गाे, दिब्या सुबेदीले रिया श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । यस स्पर्धामा प्रिसा सिंह, एन्जिला घले र सिराज शेर्पाले पनि जित हासिल गरे ।
यू–१४ एकल महिलातर्फ सम्भवी पलकले करिना नेपालीलाई ११–० र ११–२ को सोझो सेटमा हराईन् । अनुष्का नपीलले मोनिक्षा लामिछानेलाई ११–२ र ११–४ मा हराईन् । यसैगरी आशिकाले अपेक्षा ११–५ र ११–५, इमेकले सरिनलाई ११–५ र ११–३, सोमियाले गरिमालाई ९–११, ११–६ र ११–५ मा हराइन् ।
यसैगरी सोफ्रिनले उत्रिनालाई ११–८, २–११ र ७–११, पेमाले खुशीयोलीलाई ११–२, १०–१२ र ११–९ र निमाले अनिक्तालाई ११–३ र ११–१ को सेटमा हराइन् ।
यू–१४ एकल पुरुषतर्फकै खेलमा अभियानले अदिशलाई ११–८ र ११–७ को सोझो सेटमा हराए । उन्नत जंग थापाले फुर्बा नोर्बु श्रेष्ठलाई ११–७ र ११–६, गौरव कोइरालाले विक्रम तामाङलाई ११–६, ३–११ र १४–१२ को सेटमा पराजित गरे ।
यस्तै निकेशले सन्देशलाई ११–६, ८–११ र ११–४, निमाले सिरिसलाई ७–११, १२–१० र ११–७, सिबिकले चिरागलाई १२–१०, ६–१० र ११–७, डेबिटले सन्जिवलाई ११–० र ११–१ को सेटमा हराए । यस्तै, प्रयक्तले उत्सवलाई ११–४ र ११–३ को सोझो सेटमा पराजित गरे ।
च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एनप्याब्सन र सामुदायिक विधालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
च्याम्पियनसिपको यू-१२ को महिला र पुरुष दुवैको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०/१० हजार प्राप्त गर्ने छन् ।
यस्तै यू-१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र तेस्रोले १०/१० हजार पाउने छन् ।
मिक्स डबलतर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १०/१० हजार पाउने छन् ।